खाेज्नुहाेस

मानाङ्क सहकारी संस्था लिमिटेडको १०औ वार्षिक साधारण सभा सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औ साधारण सभा सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रका बिच सहकारीको साधारण सभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंक कञ्चनपुरका प्रमुख प्रकाश थपलिया रहेका थिए ।

attariya hospital

कार्यक्रममा बोल्दै थपलियाले सहकारीका लागी साधारण सभा पर्वको दिन भएको बताए । उनले सहकारीको वर्षभरीको प्रगती विवरण हेर्न र संस्थालाई माथी उकास्न आवश्यक पर्ने सल्लाह सुझाव लिन साधरण सभा आयोजना गरिने बताए ।

उनले संस्थाको प्रगतीमा मुख्य रुपमा कर्मचारीहरुको हात रहने बताए । ‘संस्थाका अन्य पदाधिकारीहरुले सल्लाह, सुझाव दिने हुन, यस्तो गर्दा हुन्छ भन्ने निर्देशन दिने हुन’ उनले भने ‘तर कर्मचारीहरुले त्यसको कार्यान्वयनको लागी हरदम तयार हुनुपर्दछ, संस्थाका कर्मचारीहरुको कारण नै संस्था माथी उकासिन्छ ।’

उनले मानाङ्क सहकारीले प्रगती गर्नुका पछाडी पनि कर्मचारीहरुको महत्वपुर्ण हात रहेको बताए । ‘कोरोना महामारीका बिच पनि संस्थाले गत वर्ष भन्दा झण्डै दोब्बरले कारोबार गरेको छ, यस्तो कुरा सुन्दा एकदमै खुसी लागेको छ’ उनले भने ‘यो सबै कर्मचारीहरुको निरन्तर मेहनतको फल हो ।’

उनले संस्थाको उन्नती भए मात्रै हाम्रो पनि उन्नती हुन्छ भन्ने भावनाका साथ कर्मचारीहरुले काम गर्नुपर्ने बताए । उनले संस्थाको अझै प्रगतीको कामना पनि गरे ।

मानाङ्क बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोदावरी नगरपालिका –३ चौकीडाडाका युवाहरुको पहलमा २६ सदस्यिय ‘हाम्रो वचत राम्रो वचत’ समुह मार्फत २०६८ सालमा सहकारीमा परिणत भएको थियो ।

navjiwan hospital

सुरुमा १ लाख २५ हजार शेयरपुजीबाट संचालनमा आएको उक्त सहकारीमा आर्थिक बर्ष २०७७/०७८ मा आईपुग्दा १ करोड ४८ लाख ५७ हजार ३ सय शेयरपुँजि पुगिसकेको सहकारीले जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७७/०७८ को असार सम्ममा १३ करोड २१ लाख ३८ हजार ९ सय ३४ रुपैयाँको कारोबार गरेकोमा ४० लाख ४७ हजार९ सय २२ रुपैया खुद नाफा आर्जन गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले आर्थिक वर्ष २०७७/०७८ देखी गोदावरी नगरपालिका वडा नं. ५ गेटामा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आईरहेको छ ।

यसैगरी संस्थाले सामाजिक उत्तरदायीत्व बोध गर्ने गरी समाजिक संस्था मानाङ्क ट्रष्ट स्थापना गर्ने समेत निर्णय गरेको संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले जानकारी दिए । उनले देश तथा विदेशबाट पठाएको पैसा झिक्नका लागी सहकारीले रेमिटको पनि व्यवस्था गरेको उनले बताए ।

उनले संस्थामा हाल एक हजार भन्दा माथी शेयरसदस्यहरु रहेको बताउदै साधारण सभालाई भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा संस्था स्थापनामा सहयोग गर्ने संस्थाका संस्थापक अध्यक्ष राजेश बहादुर सार्की, विगत ९ वर्षसम्म संस्थाको नेतृत्व गरी संस्थालाई माथि उकास्न सहयोग पु-याउने संस्थाका निर्वतमान अध्यक्ष राजु भट्टराई र संस्था स्थापना देखी हालसम्म संस्थाको उन्नती प्रगतीका लागी हरदम तयार रहने समाजसेवी धुर्व भट्टराईलाई सम्मानित गरिएको थियो ।

यसैगरी कार्यक्रममा असल शेयर सदस्य, असल ऋणी, असल बचतकर्ताका साथै संस्थामा हालसम्म निरन्तर रुपमा कार्य गर्दै आएका संस्थाका कर्मचारीहरुपनि सम्मानित भएका थिए ।

कार्यक्रममा संस्थाको लेखापरिक्षण प्रतिवेदन संस्थाका लेखा समिति संयोजक हरिदत्त भट्टराईले प्रस्तुत गरेका थिए भने वार्षिक प्रगती प्रतिवेदन संस्थाका अध्यक्ष वेदप्रकाश पाण्डेयले प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले गरेका थिए ।