खाेज्नुहाेस

शुक्लाफाँटामा कोरोनाका कारण रोकिएको जंगल सफारी सुचारु 

Image

अत्तरिया – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले कोरोना महामारीका कारण रोकेको जंगल सफारी लगायतका प्रर्यटकिय गतिबिधि सुचारु गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बिहिबार एक सूचना जारी गर्दै बैसाख महिना देखि रोकिएका प्रर्यटकिय गतिबिधि सुचारु गरेको जनाएको छ ।

प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनद्धारा हस्ताक्षतिर सूचनामा हात्ती सफारी बाहेक जङ्गल सफारी, जङ्गल वाक, र्याफ्टीङ तथा ढुङ्गा विहार, क्याम्पीङ र फिसिङ्ग लगायतका पर्यटकीय गतिविधिहरू खुल्ला गरिएको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

पर्यटकिय गतिबिधि खोलिएको भएपनि स्वास्थ्य मापदण्ड भने कडाईका साथ पालना गर्न निकुञ्ज कार्यालयले भनेको छ । जस अन्तरगत निकुञ्ज प्रवेश गर्दा अनिवार्य मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, जंगल वाक गर्दा एक जना गाईडले ३ जना र २ जना गाइडले १० जना पर्यटकलाई गाईड गर्न पाउने  जनाइएको छ ।