
बैतडी –बैतडीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ । सर्पको टोकाईबाट पञ्चेश्वर गाउँपालिका –४ चौडलीका १२ बर्षीय सुरजराम सार्कीको मृत्यु भएको हो ।
घरभित्र सुतीरहेका बेला सुरजलाई सर्पले टोकेपछि तत्काल मृत्यु भएको स्थानिय नारायणराम सार्कीले बताए । सुरज कैलपाल आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।


















