धनगढी – अण्डा प्रर्वद्धनमा सहकार्यका लागि स्थानीय निजी क्षेत्रसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
युएसएआइडी, फाया नेपाल, सुआहाराको संयुक्त आयोजनामा धनगढीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको हो ।


कार्यक्रममा सुआहाराका सुदूरपश्चिम संयोजक लोकेन्द्र थापा, प्रदेश कृषि संयोजक कुलप्रसाद सुवेदीले नेपालमा कुपोषणको अवस्था र कुपोषणबाट बच्न अन्डाको महत्वबारे प्रकाश पारेका थिए ।
कुखुरा तथा अण्डा उत्पादक संघका अध्यक्ष भुवन पाण्डेयले सुदूरपश्चिम प्रदेशमा अण्डा उत्पादनको अवस्थाबारे जानकारी गराएका थिए ।
फाया नेपाल सुआहारका कार्यक्रमका फिल्ड संयोजक रतनबहादुर विकले सञ्चालन गरेको कार्यक्रममा कैलालीका अण्डा उत्पादक किसानको सहभागिता रहेको थिया ।



















