खाेज्नुहाेस

घरधुरी सङ्लन गर्न सुपरीवेक्षक डोटीका गाउँ गाउँमा

Image

डोटी – राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक टोली डोटीका नौवटै स्थानीय तहका गाउँगाउँमा पुगेका छन्।

जिल्ला जनगणना कार्यालय डोटीले सुपरिवेक्षकलाई तालिम दिएर असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली स्थानीयवासीका घरदैलोमा खटाएको हो ।

attariya hospital

सुपरिवेक्षकले घरपरिवारहरु घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण बारेमा तत्थ्याङ्क लिने काम गरिरहेका छन् ।

navjiwan hospital

खटिएका सुपरीवेक्षकले अहिले यहाँका नौ वटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेको बताइएको छ ।

नागरिकको सूचीकरणकालागि जिल्लाभरीका कुल७५जना सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख खेमराज भट्टले जानकारी दिए।

उनका अनुसार यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणना अन्तर्गत घर, परिवारलगायतको गणना गर्न कार्य भइरहेको छ । जस अन्तरगत सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० वटा प्रश्न सोध्ने काम गरिरहेका छन् ।

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्या दुई लाख ११ हजार ७४६ रहेको छ । पहिलो चरणमा सङ्लन गरिएको घरधुरी तथ्याङ्का आधारमा आगामी कात्तिक महिनामा मूल गणना गरिने कार्यालयले जनाएको छ।

मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ। प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ। यसपटक भइरहेको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता राष्ट्रिय जनगणना, २०७८’ रहेको छ।