खाेज्नुहाेस

डडेल्धुराका २८ वर्षीय जोशी बने कांग्रेसको नगर सभापति

Image

डडेल्धुरा – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् ।

navjiwan hospital

शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए । उपसभापतिमा जयबहादुर साउँद र सचिवमा खगेन्द्रबहादुर सिंह विजयी भए ।

attariya hospital

सभापतिका उम्मेदवार जोशी र भट्ट दुबै संस्थापन समूहकै नेता हुन् । डडेल्धुरा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो ।

नगरपालिका सभापतिमा विजयी जोशीले चीनबाट स्नात्तकोत्तर अध्ययन पूरा गरेका छन् । उनी पछिल्लो डेढ वर्षदेखि गृहनगरमै बसेर सामाजिक कार्यमा सक्रिय थिए ।