खाेज्नुहाेस

१ महिना कैद सजाय तोकिएका धनगढीका फरार अभियुक्त ३ बर्षपछि पक्राउ

Image

अत्तरिया – १ महिना कैद सजाय तोकिएका कैलालीको धनगढीका फरार अभियुक्त ३ बर्षपछि पक्राउ परेका छन । चोरी मुद्दामा जिल्ला अदालत कैलालीबाट सजाय तोकिएका धनगढी उप–महानगरपालीका – १ बस्ने मुकेश कुमार सेवा पक्राउ परेका हुन ।

navjiwan hospital

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बिहिबार घरबाटै पक्राउ गरेको हो ।

attariya hospital

सेवा २०७५ कार्तिक २९ गते देखि फरार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सेवालाई जिल्ला अदालत कैलालीले १ महिना कैद सहित ६० हजार जरिवाना तोकेको थियो ।