दार्चुला – दार्चुलामा घरको वाइरिङ गर्ने क्रममा छतबाट खसेर एक जनाको मृत्यु भएको छ । महाकाली नगरपालिका – ७ धापका २५ वर्षीय विरेन्द्र रैखोलाको छिमेकी झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट खसेर मृत्यु भएको हो ।

बिहिबार बिहान ओडको घरमा वाइरिङ गर्न गएका रैखोला छतबाट खसेर घाइते भएको थिए ।

उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताएका छन ।
















