खाेज्नुहाेस

नयाँ कार्यसमिति चयन गर्दै सुदूरपश्चिम समाज दक्षिण कोरियाको १५ औं अधिबेशन सम्पन्न

Image

अत्तरिया – सुदूरपश्चिम समाज दक्षिण कोरियाको १५ औं अधिबेशन नयाँ कार्यसमिति चयन गर्दै मंगलबार सम्पन्न भएको छ ।

उक्त अधिबेशनले यज्ञमान नायकको अध्यक्षतामा जिल्ला संयोजक सहित २५ सदस्यिय निर्बिरोध नयाँ कार्यसमिति चयन गरेको छ ।

attariya hospital

जसमा बरिष्ठ उपाध्यक्षमा महेश महरा, उपाध्यक्षमा जनक बहादुर बिष्ट, दिपेन्द्र रोकाया, महेश भट्ट, महासचिवमा योगेश बोहोरा, सचिवमा अमर भट्ट, रेवन्त रावल, कोषाध्यक्षमा टेकराज पनेरु र सह कोषाध्यक्षमा टंकेश्वर खडका चयन भएका छन् । यस्तै सदस्यमा जगदिश घरेडी, अशोक भण्डारी, भूपेन्द्र जोशी,कुमार काफ्ले र हरिश बिष्ट चयन भएका छन् ।

अधिवेशनले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला संयोजक चयन गरेको छ। राजु न्यौपानेलाई बाजुरा, मानबहादुर धामीलाई बझाङ्ग, महेश बजगाई लाई अछाम, कृष्ण भण्डारीलाई डोटी, छविलाल न्यौपानेलाई कैलाली, तीर्थराज कडायतलाई दार्चुला, डबलबहादुर चन्दलाई बैतडी, बसन्त बोहोरालाई डडेल्धुरा र विक्रम जोशी लाई कंचनपुरको जिम्मेवारी दिएको छ ।

navjiwan hospital

सुदूरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष बिर बहादुर पालको सभापतित्वमा भएको अधिबेशन कार्यक्रमका प्रमुख अतिथि युएनडिपीका सल्लाहकार अङ्गराज तिमिल्सेना रहेका थिए भने बिशिष्ट अतिथिमा सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष धनबहादुर बलायर, सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय तदर्थ समितिका संयोजक डाक्टर भरत नेगी, एमटियुका अध्यक्ष उदय राई, नेपाली जनसम्पर्क समिति कोरियाका सभापति आस्था बिन्दु मल्ल, सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिका संस्थापक सल्लाहकार नरेन्द्र भाट रहेका थिए ।

यसैगरी अथिति हरुमा कर्ण बहादुर चन्द, डाक्टर एकेन्द्र तिमिल्सेना, जितु उपाध्याय, पुर्व अध्यक्षहरु क्रमश नर बहादुर साँकी, धर्मराज जोशी, पुर्व उपाध्यक्ष नबिनराज जोशी, राष्ट्रिय खेलाडी लक्ष्मण अधिकारी, गायिका रेखा जोशी गायिका गौरी भट्ट, गायक भक्तराज भट्ट लगायत दक्षिण कोरियामा क्रियासिल संघ संस्थाका प्रतिनिधि र विभिन्न देशहरुमा बस्दै आएका सुदूरपश्चिमेली नेपालीहरुको सहभागिता रहेको थियो ।

कर्मभूमीमा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्यलाई आत्मसात गर्दै दक्षिणकोरियामा रोजगारी तथा विभिन्न पेशामा आबद्ध भएका सुदूरपश्चिमेली वासीहरुको सक्रियता मा सन २००५ मा स्थापित समाजले मंगलबार आफ्नो पन्ध्रौँ अधिबेशन भौतिक र भर्चुअल (जुम) को माध्यमबाट सम्पन्न गरेको छ ।

भाइचाराको भावना जागृत गराइ एकतावद्ध हुदै सुदूरपश्चिमको मौलिक कला साहित्य भाषा र संस्कृतिको जगेर्ना र संवर्द्धन गर्नुका साथै सामाजिक संघ संस्थाहरूसँग सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ। समाजको उद्देश्य प्राप्तिका लागि बिभिन्न समयमा विभिन्न मानवीय कार्यहरू सँगै सहयोगका अभियानहरू संचालन गर्दै आएको छ।