खाेज्नुहाेस

तस्करको समूहले ढुङ्गामुढा गर्दा कञ्चनपुरमा ३ प्रहरी घाइते

Image

अत्तरिया – कञ्चनपुरमा तस्कर समूहको ढुङ्गामुढा प्रहारबाट ३ सशस्त्र प्रहरी घाइते भएका छन । सोमबार साँझ दोधरा चाँदनीको सीमा नाकामा खटिएका प्रहरी माथि तस्करले ढुङ्गामुढा गर्दा ३ प्रहरी घाइते भएका हुन ।

navjiwan hospital

भारतबाट चिनी लगायतका सामान तस्करी गरेर नेपाल ल्याउँदै गर्दै प्रहरीले तस्करहरुको समुहलाई पक्राउ गरेको भएपनि समूहमा आएका उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरी सामान सहित भाग्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका प्रहरी उपरीक्षक विरेन्द्रसिंह ऐरले जानकारी दिएका छन ।

attariya hospital

उनले तस्करहरुले सामान ओसार प्रसार गर्न मोटरसाइकल प्रयोग गरेको बताए ।

तस्करको कुटाईबाट घाइते प्रहरी जवानहरुको दोधारा चाँदनी हेल्थ पोस्टमा उपचार भइरहेको छ।