अत्तरिया – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बिहिबार (आज) शोक विदा दिएको छ । वडा नम्बर ५ का वडा सदस्यमा निर्वाचित जिल्ला समन्वय समिति कञ्चनपुरका सदस्य बलराम पन्तको निधन भएको शोकमा नरपालिकामा एक दिन विदा दिने निर्णय गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतद्धारा जारी सूचना बिहिबार एक दिन नगरपालिका र मातहतका कार्यालय एवम शैक्षिक संस्थाहरुमा शोक दिवस मनाउने प्रयोजनका लागि सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

पन्तको भदौ २९ गते मृत्यु भएको थियो ।


















