खाेज्नुहाेस

बैतडीमा जीपले मोटरसाईकलाई ठक्कर दिदा ३ जना घाईते

Image

बैतडी – बैतडीमा जीपले मोटरसाईकललाई ठक्कर दिदा ३ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तरगत पाटन नगरपालिका ६ बेडौतीमा जीपले मोटरसाईकलाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार दुई जना र जिप चालक घाईते भएका हुन ।

navjiwan hospital

घाइते हुनेमा मोटरसाईकल चालक पाटन ६ बस्ने ३६ वर्षीय उद्धब जोसी, मोटरसाईकलमा पछाडी सवार सोहि ठाँउका ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन १ का ज्ञानेन्द्र भट्टराई रहेको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले जानकारी दिए ।

attariya hospital

पाटनबाट खोडपेतर्फ आउदै गरेको से १ ज ६३४ नं को जिपले भे ७ प ४३४५ नम्बरको मोटरसाईकललाई बुधबार बिहान ठक्कर दिएको हो ।

घाइते मध्ये मोटरसाईकल चालक जोसीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनलाई डडेल्धुरा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ । अन्य घाइतेको पाटन प्राथमिक अस्पतालमा उपचार भइरहेको जनाएको छ ।