खाेज्नुहाेस

दार्चुलामा सीमास्तम्भ नजिकै पुग्यो सडक

Image

दार्चुला – चीनले दार्चुलाको व्यास गाउँपालिकाको तिङ्कर भञ्ज्याङ नेपाल–चीन सीमास्तम्भ नजिकै सडक पु¥याएपछि जिल्लावासी खुसी भएका छन् । व्यास १ तिङ्करको एक नं पिलर नजिकै चीनले सडक पु¥याएपछि ताक्लाकोट सम्मको व्यापारमा सहज हुने भएपछि जिल्लावासी खुसी भएका हुन् ।

चीनको स्वशासित क्षेत्र तिब्बत्को पुराङकाउन्टी ताक्लाकोट हुादै नेपाल जोड्ने गरी चीनले सडक पु¥याएको छ । चीनले पिलरसम्म सडक पु¥याउँदा नेपाली व्यापारीलाई धेरै सहज भएको व्यासका दानसिंह तिंकरीले बताए। उनले भने, ‘पिलरको थोरै तल सडक पुगेको छ, अब व्यापार व्यवसायमा नेपालीलाई सहज हुने भएको छ, हामीले घण्टौ हिडेर चीनको गाडी चल्न मिल्थ्यो’, तिंकरीले भने, ‘अहिले सडक पुगेको हामी सबैका लागि खुसीको कुरा हो ।’

attariya hospital

अहिले यो नाका कोरोनाका कारण बन्द छ । चीनसँगको नाका बन्द हुनुअघिसम्म छाङ्गरु र तिङ्करका स्थानीयवासीले चीनको समान ल्याएर व्यापार गर्थे । उनीहरु गाडी नचल्ने ठाउँसम्म घोडा खच्चड लगेर समान ल्याउँथे ।

navjiwan hospital

उसो त छाङ्गरु र तिङ्करमा अहिले पनि चिनियाँ समान सहजै उपलब्ध हुने गरेको छ । नेपाल र भारतको भन्दा सस्तो मूल्यमा छाङ्गरु तथा तिङ्करमा चिनियाँ समान पुग्ने गर्छ ।

दुई वर्षअघिसम्म यहाँका व्यापारीले चीनको ताक्लाकोटबाट ल्याएका समान दार्चुला, धारचुला, तथा जौलजीवी, मुन्स्यारी लगायतका क्षेत्रमा लाग्ने मेलामा राम्रो कारोवार हुने गरेको थियो । कोरोनाले नाका बन्द हुनुअघि छाङगरु तिङ्करका ४०र५० जनाले चीनको ताक्लाकोटमा व्यापार गर्थे ।

ताक्लाकोटमा निरन्तर व्यापार गर्दै आएका बिमल बोहराले भने, ‘छङ्गरु र तिङ्करका स्थानीयवासी वैशाखदेखि कात्तिकसम्म ताक्लाकोट बसेर व्यापार गथ्र्यौ, कोरोना अघिसम्म चीनले टप्फु नजिकै सडक पु¥याएको थियो, अहिले त्यो भन्दाअघि बढेको छ, सडक पिलरसम्म पुग्यो भने व्यापारीलाई झनै सहज हुन्छ ।’

अहिले पिलरबाट थोरै तल झर्ने बित्तिकै चीनले बनाएको सडक देखिन्छ । त्यो क्षेत्रसम्म गाडी चल्ने गर्छन् । चीनले सीमामा बोर्डर प्रहरी राखेर निगरानी गरिरहेको छ ।

रासस