अत्तरिया – कञ्चनपुरबाट ब्राउन सुगर सहित २ युवक पक्राउ परेका छन । सशस्त्रको बोर्डर आउट पोष्ट झिलमिला र प्रहरी चौकी झिलमिलाबाट खटीएको संयुक्त पैदल गस्ती टोलीले बेलडाँडी गाउँपालिका – ४ कान्छिबजारबाट ब्राउन सुगर सहित २ युवकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलडाडी गाउँपालिका – १ का १८ बर्षीय सुदिप बिष्ट र बेलडाडी गाउँपालिका – २ का १८ बर्षिय संजय बिष्ट रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताएका छन ।

उनले पक्राउ परेका सुदिप बिष्टको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर बरामद गरिएको बताए । प्रहरीले दुबै जनालाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाईएको जनाएको छ ।



















