अत्तरिया – कञ्चनपुरबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन । दोधाबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको लागु औषध ब्युरोबाट खटीएको संयुक्त पैदल गस्ती टोलीले पुनर्वास नगरपालिका – १० दोधापुलबाट १.५ ग्राम ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – २ सरस्वतीनगर बस्ने २८ बर्षीय शेर बहादुर थापा र सोही ठाउँका २६ बर्षीय दिपक बिष्ट रहेका छन ।

उनीहरुलाई दोधापुलमा सु.प्र.प ०१–००७ प. ९५१८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ हेड क्वाटर शैलेश्वरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीको लागी ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाईएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐर जानकारी दिएका छन ।

















