खाेज्नुहाेस

धनगढीमा कोरोना खोप लगाएकाको मोटरसाइकल निःशुल्क सर्भिसिङ्ग गरिने

Image

धनगढी – धनगढीमा कोरोना भाइरस विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएमा स्कुटर र मोटरसाइकल सर्भिसिङ्ग निःशुल्क गरिने भएको छ ।

हिरो मोटरसाइकलको अधिकृत विक्रेता विशेष अटोमोबाइल्स प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम ल्याएको हो ।
जसअन्तरगत कुनैपनि व्यक्तिले कोरोना भाइरस विरुद्धको खोप लगाउन आफ्नो नाम दर्ता गरेर दर्ता नम्बर ल्याउनु पर्नेछ ।

attariya hospital
navjiwan hospital

उक्त दर्ता नम्बर हेरेर एक थान निःशुल्क हिरो मोटरसाइकल र स्कुटर सर्भिसिङ्ग गरिने विशेष अटोमोबाइल्स प्रालिका सञ्चालक पुष्कर ओझाले बताए ।

धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै ओझाले भने, ‘खोप लगाएको कार्ड ल्याएमा २ थान निःशुल्क फ्रि सर्भिस कुपन समेत प्रदान गरिने छ ।’

धनगढी उपमहानगरपालिकालाई शतप्रतिशत खोप लगाउने वातावरण सिर्जना गर्ने अभियान अन्तर्गत कम्पनीले यस प्रकारको योजना ल्याएर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण भुमिका खेल्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।