खाेज्नुहाेस

सुप समावेशीमा सञ्चालीत क्षमता अभिवृद्धि तालीम सम्पन्न

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा सञ्चालीत समुदायमा आधारीत समावेशी शिक्षा सम्बन्धी क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय संस्था एटोसको सहयोगमा पुर्नस्थापना र विकाशका लागी स्रोत केन्द्र (आरसिआरडि) भक्तपुरले शिक्षक/शिक्षिका तथा व्यवस्थापन समितिका लागी आयोजना गरेको दुई दिने तालीम शनिबार सम्पन्न भएको हो ।

attariya hospital

तालीममा अपांगता भएका बालबालीकाहरुलाई कसरी समुदायमा नै बसेर शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको थियो ।

navjiwan hospital

विद्यालयहरुमा अपांगमैत्री वातावरण नहुँदा अपांगता भएका बालबालीकाहरुले शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था रहेकाले त्यस्ता बालबालीकाहरुलाई घरमा नै बसेर वा समुदायस्तरमा नै कसरी शिक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा तालीमका सहभागीहरुलाई जानकारी गराईएको आयोजक संस्था आरसिआरडिका निर्देशन सुर्यभक्त प्रजापतीले जानकारी दिए ।

उनले तालीममा अपांगता सम्बन्धी देशमा उपलब्ध कानुनी नितिगत अवस्था र त्यसको कार्यान्वयनको अवस्था, समावेशी शिक्षा लागु गर्न परेका बाधा, अवरोध तथा चुनौती र त्यसको समाधानका उपायहरुका बारेमा पनि छलफल गरिएको बताए ।

सुप समावेशी आधारभुत विद्यालयमा सञ्चालीत दुई दिने तालीम सम्पन्न भएको र २ दिन नगर शिक्षा समितिलाई तालीम दिईने प्रजापतीले बताए ।

तालीममा विभिन्न विद्यालयका २० जना शिक्षक/शिक्षिकाहरुको सहभागीता रहेको थियो । तालीमको प्रशिक्षकका रुपमा आरसिआरडि संस्थाका निर्देशक सुर्यभक्त प्रजापति, राष्ट्रिय अपांग महासंघ नेपालका निर्वतमान केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदी र आरसिआरडि संस्थाका फिल्ड प्रोग्राम अफिसर सुरेश प्रधान रहेका थिए ।