खाेज्नुहाेस

विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाइने

Image

काठमाडौँ – यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाइने भएको छ । काठमाडौंमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फुड फर्स्ट  इन्फरमेसन एन्ड एक्सन (एफआइएएन) की कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रूपमा मनाउने जानकारी दिइन् ।

उनले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताइन् ।

attariya hospital
navjiwan hospital

कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरूले पनि यसमा उत्साह नदेखाएको बताइन् ।

प्रदेश र पालिकाहरूले यस विषयमा धेरै उत्साह नदेखाएको उनले बताइन्। संयोजक गुरुङले १४औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेद अन्त्य गर्ने कुरामा केन्द्रित हुने जानकारी दिइन् ।

यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१ औँ विश्व खाद्य दिवस मनाउन लागिएको छ । सन् १९७९ देखि सुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशकयता मनाउँदै आएको छ ।