खाेज्नुहाेस

कांग्रेस महाधिवेशनको कार्यतालिका संशोधन

Image

काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ ।  प्रदेश र केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अरु तहका अधिवेशनको मिति परिमार्जन गरिएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले शुक्रबार संशोधित नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

navjiwan hospital

जस अनुसार अधिवेशन गर्न बाँकी रहेका २० जिल्लाहरुमा आगामी असोज ५ गते हुनेछ । गाउँ/नगरपालिकाको अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते हुनेछ ।

attariya hospital

समितिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवका अनुसार प्रदेश अधिवेशन आगामी कात्तिक १०–१२ र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म काठमाडौंमा हुनेछ ।