काठमाडौं – सरकारले अनलाइन संचारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्व सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेर अनलाइन संचारमाध्यमलाई पनि विज्ञापन दिने निर्णय गरेको हो ।

लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन मिडियालाई पनि लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने व्यवस्था मिलाएको उनले बताए ।
यसअघि सरकारले पत्रिका र सामुदायीक रेडियोलाई मात्रै लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको थियो ।
















