अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्र रहेका अपांगता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ ।
ईम्प्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्र अत्तरियाले नगरभित्र रहेका ९० अपांगता भएका व्यक्तिका घरपरिवारका लागी नगरपालिकालाई राहत उपलब्ध गरेको थियो ।

उक्त राहत सामग्री बुधबार नगरका १२ वटै वडामा रहेका ९० जना अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिएको हो ।
कोरोना महामारीका कारण समस्यामा परेका अति विपन्न परिवारका अपांगता भएका व्यक्तिका लागी राहत उपलब्ध गराईएको ईम्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए ।
उनले नगरमा रहेका अपांगतासम्बन्धी कार्य गर्ने संघसंस्थाहरुसँगको सहकार्यमा अति विपन्न व्यक्तिहरुलाई छनौट गरी राहत उपलब्ध गराईएको उनले बताए ।

सिबिएमको आर्थिक सहयोग वितरण गरिएको राहतमा प्रतिव्यक्तिलाई २५ किलो चामल, २ किलो दाल, २ किलो चिनि, २ किलो नुन, २ वटा साबुन र २ लिटर तेल वितरण गरिएको बोगटीले बताए ।
राहत सामग्री बुझ्दै गोदावरी नगरपालिका वडा नं. २ का स्थानिय लक्ष्मण विकले राहत सामग्रीले अपांगता भएका व्यक्तिको दैनिकिमा सहजता ल्याएको बताए ।
उनले कोरोना महामारीको समयमा अपांगता भएका व्यक्ति मर्कामा परेको अवस्थामा ईम्प्याक्ट नेपालले गरेको सहयोग सह्रानिय भएको बताए । उनले अझै पनि अपांगता भएका व्यक्तिहरुलाई ईम्प्याक्ट नेपालको सहयोग रहने विश्वास लिएको बताए ।
महामारीको समयमा अपांगता भएका व्यक्तिहरुलाई तिनै तहका सरकारबाट हुनुपर्ने आवश्यक सहयोग नपाएको बताउदै उनले आगामी दिनहरुमा सरकारबाट पनि सहयोगको अपेक्षा लिएको बताए ।
ईम्याक्ट नेपाल सुदूरपश्चिम सामुदायीक कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत बोगटीले गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवराज जोशीलाई राहत सामग्री हस्तान्तरण गरेका थिए ।
यस्तै उक्त राहत सामग्री नगरका १२ वटै वडाबाट छनौट गरिएका अपांगता भएका व्यक्तिहरुलाई वितरण गरिएको थियो ।


















