विश्व फिजिकल थेरापी दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदैं छ ।हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै आएको छ । नेपालमा पनि सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
सामान्यतः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी, नशा लगायतका रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ ।


कतिपयलाई औषधिले काम नगरेको खण्डमा समेत फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ ।
विभिन्न चोट पटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न फिजियोथेरापिस्टहरु विभिन्न व्यायाम तथा उपचार गर्न सुझाव दिन्छन् ।
मांशपेशी च्यातिएको (लिगामेन्ट टियर), कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ ।















