अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १६ नमूनाको कोरोना परिक्षण गरिएकोमा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमितको मृत्यु भएको छ ।


भदौ २० गते देखि अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भिमदत्त नगरपालिका १६ का ६० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनको मगलबार बिहान मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
हाल सेती अस्पतालमा १७ कोरोना संक्रमित उपचाररत रहेको छ । जसमध्ये ६ जनाको आईसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।


















