खाेज्नुहाेस

पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा, केही स्थानमा बर्षाको सम्भावना  

Image

हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ।

navjiwan hospital

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

attariya hospital

मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै  र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।