खाेज्नुहाेस

२ लाख घुस सहित वडा सदस्य पक्राउ

Image

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १४ का एक वडा सदस्य घुससहित पक्राउ परेका छन् । वडा सदस्य वसन्त महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार २ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत कार्यालयलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेको सूचनाका आधारमा उनलाई घुस लिएको रकमसहित कलंकीको खसीबजारबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

attariya hospital

महर्जनमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले बताएको छ ।