अत्तरिया – सुदूरपश्चिम प्रदेशमा २ साता यताकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा भदौ ८ गते यता सोमबार धेरै जना कोरोना संक्रमति फेला परेका हुन ।
भदौ ८ गते प्रदेशका बिभिन्न प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा त्यसयता संक्रमितको संख्यामा कमि आएको थियो ।



सोमबार प्रदेशमा ९ सय ४७ नमूनाको कोरोना परिक्षण गरिएकोमा ४३ कोरोना जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन बिधिबाट ८ सय २३ नमूनाको कोरोना परिक्षण गरिएकोमा १७ जना र पीसीआर बिधिबाट १ सय २४ नमूनाको कोरोना परिक्षण गरिएकोमा २६ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ हजार ४ सय ६१ पुगको छ । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना निको हुनेको संख्या ३६ हजार ८ सय ३० पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको निर्देशनालयले जनाएको छ । हाल प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ८५ रहेको छ ।

















