खाेज्नुहाेस

देशभर  १ हजार ८९७ संक्रमित थपिए, २० जनाको मृत्यु 

Image

पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

attariya hospital
navjiwan hospital

त्यस्तै, १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन् । यो सँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ ।

हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन् । यसैगरी हालसम्म निको हुनेको दर ९४.६ प्रतिशत रहेको छ ।