खाेज्नुहाेस

डोटीमा एक महिलामाथि बलात्कारको प्रयास

Image

डोटी – डोटीमा एक महिलामाथि बलात्कारको प्रयास गरिएको छ । आफन्तको घरमा जादैं गरेको अवस्थामा आदर्श गाउँपालिकाका – ६ की एक महिलामाथि बलात्कारको प्रयास भएको हो ।

ती महिलामाथि गिरिचौकाको ढाटवाडा र काडा टोलको बीच जङ्गलमा एक जना अपरिचित पुरुषले बलात्कारको प्रयास गरेको बताईएको छ ।

attariya hospital
navjiwan hospital

पीडीत महिलाका अनुसार ती पुरुषले सुरुमा हसिया र बन्चरोले आक्रमण गरेका थिए ।

आक्रमणपछि बलात्कारको प्रयास गर्दा गाउँ नजिकै पुगेपछि ती पुरुषले पिछा छोडेको पीडित महिलालले बताएकी छिन ।

अहिले घटनास्थल तर्फ प्रहरी गईरहेको बताईएको छ । पीडीत घाईते महिलाको स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।