खाेज्नुहाेस

कैलालीका थारु ३३ बर्षपछि परिवारको सम्पर्कमा

Image

धनगढी – कामको शिलशिलामा ३३ वर्ष पहिले भारत गएका कैलालीका एक जनाको पारिवारीक पुनर्मिलन भएको छ । कामको शिलशिलामा भारतको सिम्ला गएदेखि बेपत्ता रहेका जानकी गाउँपालिका–७ टिकलीगढ घर भएका ६२ वर्षीय लोकेन्द्र भनिने लोकुन डगौरा थारूको ३३ वर्षपछि परिवारसँग भेट भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार डगौरा भारतको विहारमा फेला परेको र उनले आफ्नो ठेगाना कैलाली जिल्ला रहेको बताए पछि प्रहरीको समन्वयमा उनलाई कैलाली पु¥याइएको हो ।

attariya hospital
navjiwan hospital

गृह मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरी उद्दार गर्न जानकारी गराएपछि विहारको गयाका सन्दिप यादवमार्फत उनीसँग सम्पर्क भएको जिल्ला प्रहरी प्रमुख विश्व अधिकारीले जानकारी दिए । उनी सबै कुरा स्मरण गर्न र अभिव्यक्त गर्न सक्ने अवस्थामा नरहेको अधिकारीले बताए ।

‘भिडियोकलमा कुराकानी गर्दा उनले आफ्नो घर टिकापुरको मुनुवा आसपास हो भन्ने बताएपछि फोटोसहित गाउँमा पठाएर घर पत्ता लागेको हो’ अधिकारीले भने । प्रहरीका अनुसार यादवले थारूलाई गयास्थित नेशनल हाइवेमा फेला पारेपछि आफ्नो घरमा लगेर सोधपुछ गरेर नेपालमा सम्पर्क गरेका थिए ।

भारतीय प्रहरी र सन्दिपको सहयोगमा उनलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा हस्तान्तरण गरिएको थियो । थारूका छोरा तथा प्रहरी गएर पर्साबाट कैलाली पु¥याइएको थियो । कैलाली प्रहरीले थारूका छोरा ३८ वर्षीय रामबहादुर डगौरालाई हस्तान्तरण गरी पारिवारिक पुनर्मिलन गराएको छ ।