अत्तरिया – कोरोना महामारीका कारण लामो समय देखि बन्द रहेका कैलालीका बिद्यालय खोल्ने बिषयमा आज छलफल हुने भएको छ ।

छलफलका लागि जिल्ला प्रशासन कार्यालयमा जनप्रतिनिधिलाई बोलाईएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताएका छन ।

सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि छलफल गर्न लागिएको हो ।


















