धनगढी – कैलालीको महोन्याल गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुजा बुढामगरले नेकपा एकीकृत समाजबादी पार्टीमा सनाखत गरेकी छन् ।

उनी प्रदेश निर्वाचन आयोग धनगढी कार्यलयमा पुगेर नेकपा एकीकृत समाजबादीमा सनाखत गरेकी हुन ।

उनीसंगै २ जना वडा सदस्यले पनि नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन ।
निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेश सभा र स्थानीय जनप्रतिनिधिहरुलाई एमाले वा एकीकृत समाजवादी रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।


















