खाेज्नुहाेस

शर्मालाई दिईयो प्रधानसेनापतिको नियुक्ति

Image

रक्षा मन्त्रालयले बलाधिकृत रथी प्रभुराम शर्मालाई प्रधान सेनापतिको नियुक्ति दिएको छ । बुधबार रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले शर्मालाई प्रधान सेनापतिको नियुक्ति पत्र प्रदान गरेका हुन् ।

navjiwan hospital

शर्मा अहिले कायममुकायम प्रधान सेनापतिको रुपमा कार्यरत छन् । शर्मालाई शर्मा पौड्यालले बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । शर्मालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रावण २६ गते नियुक्ति गरेकी थिइन् ।

attariya hospital

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा(५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापति पदमा नियुक्त गरेकी हुन् । प्रधान सेनापति पुर्णचन्द्र थापा अवकास हुनु १ महिनाअघि साउन २४ देखि विदामा बसेपछि सरकारले शर्मालाई कायमुकायम सेनापतिको जिम्मेवारी दिएको थियो ।