खाेज्नुहाेस

समाजसेवी साउँदको टिमले ग-यो गोदावरीका पार्कीको निःशुल्क उपचार

Image

अत्तरिया – आर्थिक अभावका कारण उपचारबाट बन्चित गोदावरी नगरपालिका – ९ का सर्पे पार्कीको निःशुल्क उपचार गरिएको छ ।

हातको औला नै छिनालिदा समेत आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमा बसेका उनको स्थानिय जय बहादुर बिकको समन्वयमा समाजसेवी गणेश जिमी साउँदको टिमले निःशुल्क उपचार गरेको हो ।

attariya hospital
navjiwan hospital

केही दिन अघि मात्रै पार्कीको अवस्थाको बारेमा जानकारी पाएको र उनको उपचारको जिम्मेवारी आफुहरुको टिमले लिएको साउँदले बताए । पार्कीको उपचारका लागि १५ देखि २० हजार आवश्यक पर्ने देखिएपछि डा. निशान भट्टराईसँगको समन्वयमा निःशुल्क उपचार गरी घर पु-याईएको उनले बताए ।

आरन चलाएर गुजारा गर्दै आएका पार्की हँसियाले औला काटिएपछि समस्यामा परेका थिए । उनी हात काटीएपछि अस्पताल गएका भएपनि अप्रेशनका लागि आवश्यक रकम जुटाउन नसकेर घरमै बसेका थिए ।

यसैबिच आज उनलाई खाद्यान्न सहयोग समेत गरिएको छ । साउँद सहित चक्र बोहरा, भरत जिमी साउद, जय बहादुर बि क र बिर बहादुर बि क लगायतको टिमले उनलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।

उपचार गरेपनि घरमा खानलाई केही नभएको थाहा पाएपछि टिममार्फत खाद्यान्न सहयोग गरिएको साउँदले बताए ।