खाेज्नुहाेस

दार्चुला तुइन घटनामा भारतीय एसएसबीको संलग्नता पाइयो (विज्ञप्ती सहित)

Image

काठमाडौँ — दार्चुलाको घटना छानबिन गर्न गठित समितिले तुइन चुडाउने कार्यमा भारतीय सशस्त्र सीमा बल (एसएसबी ) को संलग्नता रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

घटनामा संलग्न एसएसबीमाथि अनुसन्धान गरी दोषिमाथि कारबाहीका लागि भारतसमक्ष कूटनीतिक पहल गर्न समितिले सुझाव दिएको छ ।

attariya hospital
navjiwan hospital

प्रतिवेदनमा परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसंग कुटनीतिक माद्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरिएको छ ।

सम्बन्धित खबर छानबिन समितिले बुझायो दार्चुला तुइन घटनाको प्रतिवेदन