खाेज्नुहाेस

कैलालीको गोदावरी नगरपालिकामा सामाजिक जवाफदेहिता सम्बन्धी अन्तरक्रिया

Image

अत्तरिया – कैलालीको अत्तरियामा पालिकास्तरिय बहुसरोकारवाला सामाजिक जवाफदेहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गोदावरी नगरपालिकाको समन्वयमा प्याक्ट नेपालले कार्यक्रमको आयोजना गरेको हो ।

नगरपालिकामा सामाजिक जवाफदेहिताका सवालमा विगतदेखी नै कार्यक्रमहरु आयोजना हुदै आएको प्याक्ट नेपालका प्राविधिक सल्लाहकार दुर्लभ कुमार बोगटीले बताए ।

attariya hospital

उनले विगतका सिकाई र आगामी दिनको अवस्था तथा रणनितिका बारेमा छलफल गर्न कार्यक्रमको आयोजना गरिएको बताए । उनले कार्यक्रममा स्वास्थ्य क्षेत्रको सामाजिक जवाफदेहिता, जवाफदेहिताका नितिगत व्यवस्था तथा सर्वसाधारणले राज्य बाट पाईरहेका सेवासुविधाको बारेमा छलफल गरिएको बताए ।

गोदावरी नगरपालिकाकी कार्यवाहक नगरप्रमुख रत्ना कडायतको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयम सेविकाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रमका सहभागीहरुले मुख्य रुपमा नगरपालिकाको स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहिताका सवालमा भएगरेका कार्यका साथै स्वास्थ्य संस्थामा हुने औषधी अभावको समस्याका सवालमा छलफल गरेका थिए ।

अत्तरियामा रहेको महिला तथा बालबालीका सेभ हाउसकी अध्यक्ष एवम् महिला स्वास्थ्यस्वयम् सेविका जानकी मलासीले स्थानिय सरकार आएदेखी स्वयमसेविकालाई कार्यसम्पादनमा सहजता भएको बताईन ।

navjiwan hospital

उनले नगरमा स्वास्थ्यको क्षेत्रमा पहिलेको तुलनामा केही सुधार आएको भएपनि सरोकारवाला निकायले कडा रुपमा निगरानी राख्न जरुरी रहेको बताईन । वडाहरुमा बाक्लो बस्ती भैसकेकाले स्वास्थ्य स्वयमसेविकाहरु थप गर्नुपर्ने उनको बताईन ।

कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्काले स्थानिय सरकारले स्वास्थ्य क्षेत्रमा भौतिक रुपमा प्रगती गरेपनि व्यवहारीक रुपमा अझै पनि सर्वसाधारणले सिटामोल नपाएको अवस्था रहेको बताए ।

‘नगरका विकटका क्षेत्रमा अझै पनि सर्वसाधारणले सिटामोल पाएका छैनन’ उनले भने ‘विकटका स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरु पनि मनलाग्दी रुपमा कार्यालयमा आउने गर्दछन, वडाबाट कारबाहीका लागी निवेदन दिएपनि सुनुवाई हुदैन ।’

उनले वडामा निर्माण गरिएको स्वास्थ्य संस्थाको व्यवस्थापन समितिलाई कुनै पनि अधिकार नभएको बताए । स्वास्थ्य संस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न गठित व्यवस्थापन समितिलाई कारबाही गर्ने पनि अधिकार हुनुपर्ने उनले बताए ।

यसैगरी वडा नं. ५ का वडाध्यक्ष कर्ण सिँ बोहराले स्थानिय सरकार आएदेखी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा प्रगती भएको बताए । उनले नगरमा रहेका स्वास्थ्य संस्थाहरुले एकआपसमा समन्वय गर्न जरुर रहेको बताए ।

‘नगरका सबै स्वास्थ्य संस्थामा एकै चोटी त औषधी सकिदैनन होला’ उनले भने ‘एक स्वास्थ्य संस्थामा औषधी सकिए अर्काे स्वास्थ्य संस्थाले सहयोग गर्ने परिपाटी बनाउनुपर्छ ।’

कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरुले शाखागत रुपमा भएका प्रगतीहरुका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको समापन गर्दै कार्यवाहक नगरप्रमुख रत्ना कडायतले वर्तमान स्थानिय सरकारको कार्यावधी सकिने समय भएकाले आगामी दिनमा आउने प्रतिनिधिले आत्मसाथ गर्न सक्ने खालका कार्यक्रमहरु महत्वपुर्ण हुने बताईन ।

उनले नगरको स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा राम्रो कार्य गरेको भएपनि केही सुधारको आवश्यकता रहेको बताईन । उनले सबैले एक अर्का सँग समन्वय गरेर अगाडी बढ्दा नगरको विकाशमा समस्या नहुने समेत बताईन । कार्यक्रमको सञ्चालन नगरपालिकाका सुचना अधिकारी शिवराज भाटले गरेका थिए ।