खाेज्नुहाेस

बझाङमा एलो र ग्रीन लकडाउन हुने

Image

रमेश बहादुर सिह/बझाङ – जिल्ला कोभिड व्यवस्थापन समिति बझाङको सोमबार बसेको बैठकले बझाङमा एलो स्मार्ट लकडाउन र साइपाल गाउँपालिकामा ग्रीन लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरसलाई मध्येनजर गरि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ व्यवस्थापन समितीको बैठकले भदौ १५ देखि एलो र ग्रीन लकडाउन लागु गर्ने निर्णय गरेको हो ।

attariya hospital

नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन केन्द्र स्मार्ट लकडाउन सम्बन्धी कार्यविधी २०७८ ले निर्देशित गरे अनुरुप जोखिम मुल्याकंन गरी कार्यान्वयन गर्न लेखि आएको हुँदा सो कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।

navjiwan hospital

उनले बझाङमा रहेका १२ ओटै स्थानिय तहले आफ्नो स्थानिय तहको जोखिम मुल्याकंन गरि विद्यालयमा पठन पाठनको व्यवस्था मिलाउन, कक्षागत रुपले सिफ्टमा विद्याथी आउने व्यवस्था गर्न र विद्यालयमा अनिवार्य मास्क प्रयोग गर्नुप्रर्ने बताए ।

उनले शिक्षकहरुले अनिवार्य खोप लगाई भारत तथा विदेशबाट आएका व्यक्तिहरुको सम्पर्कबाट टाढा रहने, कोभिडको लक्षण देखिएमा तत्काल सो विद्यालय बन्द गर्ने, स्थानिय तहले आफु मातहतका विद्यालयहरुको नियमित अनुगमन गर्ने बताए ।

साथै बजार क्षेत्र, मानिसहरु भिडभाड हुने ठाँउमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरि विहान ७ बजेदेखि साँझ सात बजे सम्म पसल तथा बजार संचालन गर्नु पर्ने, भिडभाड नहुने गरि सार्वजनिक स्थल गोष्ठि, प्रशिक्षण, सभाजस्ता कार्यक्रम गर्नु पुर्व प्रमुख जिल्ला अधिकारीको स्वकृती लिनुपर्ने जिल्ला कोभिड व्यवस्थापन समितीले निर्णय गरेको छ ।

उनले साइपाल गाउँपालिकाबासीले कोभिड बिरुद्धको खोप लगाईसकेको हुँदा ग्रीन लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारीले बताए ।