खाेज्नुहाेस

बैतडीमा स्कारपियो दुर्घटना, २ जना घाइते

Image
navjiwan hospital

धनगढी – दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको स्कारपियो बैतडीमा दुर्घटना भएको छ ।

सदरमुकाम गोकुलेश्वारदेखि महेन्द्रनगर आउँदै गरेको बा १२ च ४२४० नम्बरको स्कारपियो बैतडीको दोगडाकेदार गाउँपालिका–३, खोलचेक बजार नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

‘सडकबाट चिप्लिएर दुर्घटना भएको हो’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले भने, ‘स्कारपियो सडक भन्दा एक सय मिटर तल खसेको छ ।’

उनले दुर्घटनामा चालकसहित २ जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको बताए ।