अत्तरिया – सुदूरपश्चिममा थप १३ जना कोरोना संक्रमित थपिएका छन ।

शनिबार ६१२ जनाको एन्टिजेन परिक्षणमा ६ जना र १६६ जनाको पिसिआर परिक्षणमा ७ जना गरि १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै प्रदेशमा कुल संक्रमितको संख्या ४६ हजार २ सय ८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार प्रदेशमा शनिबार ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन । यससँगै डिस्चार्ज हुनेको संख्या २६ हजार ६ सय १८ पुगेको छ ।

















