अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९४ जनाको कोरोना परिक्षण गर्दा ११ संक्रमित थपिएका हुन ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत १ जनाले कोरोना जितेका छन भने १ कोरोना संक्रमित अस्पतालमा भर्ना भएका छन ।

हाल अस्पतालमा १६ कोरोना संक्रमित उपचाररत रहेका छन । जसमध्ये ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।


















