अत्तरिया – कैलालीको गोदावरीमा आएको पहिरोले एक पसल पुरीएको छ । गोदावरीको पुरानो पुल नजिकै स्थानिय गणेश पाण्डेले संचालन गरेको पसल पहिरोले पुरिएको हो ।

पहिरोले अन्य घर समेत जोखिममा परेका छन । घटनास्थलमा अहिले प्रहरीको टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रहरीका अनुसार पहिरोले मानविय क्षति नभए पनि भौतिक क्षतिको विवरण आउन भने आउन बाकी रहेको छ ।




















