धनगढी – लगतातारको वर्षाका कारण खोर भत्किएर ४ बाख्रा मरेका छन् ।
कैलालीको चुरे गाउँपालिका–६, मथुरियाका भागीराम नेपाली र जोगा चुनाराको संयुक्त खोर भत्किएपछि खोरमा रहेका ९ बाख्रामध्ये ४ बाख्रा मरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।