खाेज्नुहाेस

कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु

Image

कञ्चनपुर– कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु भएको छ ।

navjiwan hospital

बुधबार साँझ कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डास्थित माईती घरमा गएकी कैलालीको गोदावरी नगरपालिका–५ बस्ने ४० वर्षीया सोनिया रानाको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

attariya hospital

माईती घरमा मोटरको तार खुट्टामा अल्झिएर करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको ईशान मेमोरियल अस्पताल बेलौरीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घटनासम्बन्धी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।