खाेज्नुहाेस

कञ्चनपुरमा बेवारिसे सामान बरामद

Image

अत्तरिया – सशस्त्र प्रहरीले कञ्चनपुरबाट बेवारिसे सामान बरामद गरेको छ । प्रहरीले भारतबाट अबैध रुपमा नेपाल भित्र्याएको बेवारिसे सामान बरामद गरेको हो ।

navjiwan hospital

हेडक्वाटर शैलेश्वरी मातहतका पोष्टबाट खटिएको सशस्त्र प्रहरीको सीमा गस्ती टोलीले भारतबाट नेपाल भित्र्याई बेवारिसे अवस्थामा छोडेको १ लाख १८ हजार बराबरको ड्रिल मेसिन, कटर मेसिन, थान कपडा, तयारी सुट, साडी र ब्याट्रि बरामद गरेको हो ।

attariya hospital

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर तथा त्रिनगर भन्सार कार्यालय कैलालीमा बुझाईएको प्रहरीले जनाएको छ ।