खाेज्नुहाेस

सोनसिक को १८ औ वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा जोशी

Image

अत्तरिया – कोरियामा अध्ययनरत नेपाली विद्यार्थीहरूको साझा सङ्गठन नेपाल विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को आफ्नो १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संगठनका सभापति राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाका प्रमुख अतिथि नेपाली राजदूतावास सउलका कार्यवाहक राजदूत तथा उपनियोग प्रमुख राम सिंह थापा र विशिष्ठ अतिथिमा सोनसिकका संस्थापक अध्यक्ष जनार्दन लामिछाने रहेका थिए । विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड–१९ को विषम परिस्थितिका कारण सभा अनलाइन मार्फत आयोजना गरिएको थियो ।

attariya hospital
navjiwan hospital

सभाले दीर्घ राज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जोशी दक्षिण कोरियाको प्रतिष्ठित विश्वविधालयमा औषधिय रसायन विज्ञानमा विद्यावारिधि गरिरहेका छन् । जोशी सँग लामो सामाजिक कार्यको अनुभव छ । विगतमा पनि उनि सोनसिकमा सचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

यसैगरी सभाले उपाध्यक्षमा क्षेत्र नं १ बाट सुन्दर बरुवाल, क्षेत्र नं २ बाट विरेन्द्र नारायण साह, क्षेत्र नं ३ बाट सौगात सिवाकोटी र क्षेत्र नं ४ बाट नबिन बोहरा लाई चयन गरेको छ भने सचिवमा ग्रिन्सन सर्मा, सह–सचिवमा मनिष पाण्डे र कोषाध्यक्षमा प्रदिप देवकोटालाई चयन गरेको छ । यसका साथै सभाले सदस्यहरूमा प्रकाश नेपाली, बिक्रम खड्का, भरत खत्री, लक्ष्मण मानन्धर, र दिवाकर चौलागाई चयन गरेको छ ।

कार्यक्रम सोनसिकको फेसबुक पेज मार्फत लाइभ गरिएको थियो । २००४ मा स्थापना भएको संस्थाले निरन्तर नेपाली विद्यार्थीहरूको हक हितका लागी काम गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदी गरी निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र कोरियन समाज लाई जोड्दै आयको छ ।