खाेज्नुहाेस

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा दुई समूहमा विभाजित

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा दुई समूहमा विभाजित भएको छ । यसअघि प्रदेश कमिटी उपाध्यक्ष रहेका लोकेन्द्र लम्सालको अध्यक्षतामा नयाँ प्रदेश परिषद् कमिटी गठन गरिएपछि जनमोर्चा विभाजित भएको हो ।

प्रदेश अध्यक्ष नन्दलाल भट्ट समूहलाई हटाएर नयाँ कमिटी गठन गरिएको धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो ।
धनगढीमा भएको दुई दिने प्रदेश स्तरीय भेलाले लम्सालको अध्यक्षतामा प्रदेश परिषद् कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

attariya hospital
navjiwan hospital

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्रीको प्रमुख आतिथ्यमा हिजोबाट सुरु भएको भेलाले गठन गरेको ५७ सदस्यीय प्रदेश परिषद् कमिटीको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आर्चाय, सहसचिवमा हुकुमसिंह साउद र कोषाध्यक्षमा केशवनाथ योगी चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण बिक, बिक्रम विश्वकर्मा, गोरबहादुर बिक, निरु बिक, सुरेन्द्र चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमबिक्रमचन्द, लालबहादुुर जाग्री चयन भएका छन् ।

भेलाले सल्लाहकार समितिमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह बिक, कृष्ण पण्डित, पदम साउद, उध्दव ऐर रहेका छन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्रीले पार्टी विधान र कानुनी व्यवस्था अनुसार प्रदेश समिति भेलाबाट निर्वाचित गरेको बताए ।

यता, राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले एक प्रेस वक्तव्य जारी गर्दै नयाँ कमिटी र धनगढीमा गरिएको भेला अवैध भएको बताएका छन् । उनले भेला र कमिटी अवैध भएको बताउदै खारेज गरिने बताएका छन् ।