खाेज्नुहाेस

सेतीमा प्रयोगशालामा गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमित पुष्टि

Image

अत्तरिया – सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा थप १२ संक्रमित थपिएका छन । पछिल्लो २४ घण्टामा १ सय १३ नमूनाको कोरोना परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

navjiwan hospital

सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा ३ कोरोना संक्रमित निको भएका छन । उनले निको भएका तिनै जनालाई होम आइसोलेसनमा बस्ने गरी घर पठाईएको बताए ।

attariya hospital

अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा थप १ कोरोना संक्रमित उपचारका लागि अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा कोरोना उपचाररत बिरामीको संख्या ११ रहेको छ । जसमध्ये २ जनाको आइसियुमा उपचार भईरहेको छ ।