खाेज्नुहाेस

जसपा विभाजन पछि रेशम चौधरी गृह जिल्लामा एक्लिए

Image

धनगढी – जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि कैलालीका निलम्बित सांसद रेशम चौधरी गृह जिल्लामा एक्लिएका छन् ।

जसपा विभाजन भएपछि चौधरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा लागेपनि कैलालीबाट निर्वाचित र अन्य नेताहरु भने जसमामा लागेपछि उनी एक्लिएका हुन ।

attariya hospital
navjiwan hospital

उनको गृह जिल्ला कैलालीका अधिकांश नेता तथा कार्यकर्ता यादव नेतृत्वको जसपामै बसेका छन् । सुदूरपश्चिम प्रदेश सभामा जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी र प्रमुख सचेतक मालामति रानाले संस्थापन पक्षलाई नै रोजेको बताए ।

प्रमुख सचेतक रानाले भनिन्, ‘माननीय रेशम चौधरी केही दिन अगाडि आफू तटस्थ बसे र हामीलाई पनि तटस्थ बस्न सुझाव दिएका थिए । तर, मैले तटस्थ नबसी आधिकारिक पार्टीतर्फ जाने जानकारी दिएकी थिएँ ।’

त्यस्तै, जसपाका अधिकांश केन्द्रीय सदस्य संस्थापन पक्षतिर लागेका छन् । जसपा केन्द्रीय सदस्य तथा प्रदेश संयोजक कृष्णकुमार चौधरीले सुदूरपश्चिममा रहेका ३० जना केन्द्रीय सदस्यमध्ये अधिकांश आफूतिर रहेको र केही अझै खुल्न बाँकी रहेको बताए ।

उनका अनुसार, अहिलेसम्म सुदूरपश्चिममा ठाकुरतर्फ रेशम चौधरी बाहेक फोनिराम चौधरी मात्रै देखिएका छन् ।