खाेज्नुहाेस

डोटीका विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण

Image

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–७ पोखरीमा रहेका आठ वटा सामुदायिक विद्यालयका आठ सय ५१ विद्यार्थीलाई स्व–अध्ययन सामग्री वितरण गरिएको छ ।

navjiwan hospital

गुडनेभर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा ७ मं वडामा सञ्चालन भइरहेको सामुदायिक विकास परियोजना अन्तर्गत बाल विकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने आठ सय ५१ विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष हेमराज जोशीले जानकारी दिए ।

attariya hospital

कोभिड–१९ को समयमा विद्यालय बन्द रहेका र पाठ्यपुस्तक वितरण भए पनि औपचारिक रूपमा कक्षा सञ्चालन नभएकाले उनीहरूको सिकाइ निरन्तरका लागि ती सामग्री वितरण गरिएको संस्थाका शिक्षा विकास अधिकृत एकराज बडुले बताए ।

उनले भने, ’कोरोना महामारीको त्रासले विद्यालय खुलेका छैनन्, विद्यार्थीले पनि पढ्न नपाएका कारण पढाइमा सहज होस् भनेर हामीले अध्ययन सामग्री वितरण गरेका छौँ, यसले बालबालिकालाई पढाइमा सहज हुने छ ।’ संस्थाले वितरण गरेका अध्ययन सामग्रीमा किताब, पेन्सिल, इरेजर, कलर पेन्सिल लगायतका शैक्षिक सामग्री रहेको संस्थाले जनाएको छ ।