खाेज्नुहाेस

मन्त्री खड्काद्वारा गौरीफन्टा नाकाको निरीक्षण

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । मन्त्री खड्काले मंगलबार गौरीफन्टा नाकाको निरीक्षण गर्दै तेस्रो लहरको कोरोना संक्रमण फैलिन नदिन होल्डीङ सेन्टर र स्वास्थ्य परीक्षणलाई व्यवस्थित गरिने जनाएका छन् ।

भारतबाट फर्किने सबै नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्ने प्रदेश सरकारको योजनामा सघाउन खड्काले सुरक्षा निकाय, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुलाई आग्रह पनि गरेका छन् ।

attariya hospital
navjiwan hospital

‘भारतबाट फर्किने सबै नेपालीलाई होल्डीङ सेन्टरमा व्यवस्थापन गरेर राख्छौँ । त्यहाँ राखेर कोरोना परीक्षण गरिन्छ,’ मन्त्री खड्काले भने, ‘संक्रमण देखिएकालाई धनगढी उपमहानगरपालिका–३ स्थित होल्डीङ सेन्टरमा पठाउँछौँ । बाँकीलाई गन्तव्यतर्फ पठाइनेछ ।’

प्रदेश सरकारको समन्वयमा कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिकाले गौरीफन्टा नाकाको व्यवस्थापन गरिरहेका छन् ।