खाेज्नुहाेस

सेतीमा गरिएको कोरोना परिक्षणमा ११ संक्रमित थपिए

Image

अत्तरिया – सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय २ नमूनाको कोरोना परिक्षण गरिएकोमा ११ संक्रमित थपिएका हुन ।

navjiwan hospital

अस्पतालले मंगलबार जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पतालमा उपचाररका लागि भर्ना भएका छन । यो संगै अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

attariya hospital

जसमध्ये ४ जनाको आइसियुमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिइका छन ।